पुजारीको हत्यारालाई कारवाही गर्न माँग
भदौ ६, रौतहट । भदौ ३ गते खेसरहिया बजार स्थित हनुमान मंदिरको पुजारीलाई गोली हानी हत्या गरिएकोमा विश्व हिन्दू परिषद नेपालले विरोध गरेको छ ।
रौतहट जिल्लाको माधवनारायण नगरपालिका वडा नम्बर २ खेसरहिया बजार स्थित रहेको हनुमान मंदिरको महन्थ श्रीराम साहलाई गोली हानी हत्या गरिएको घटना प्रति विश्व हिन्दू परिषद नेपालले आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
नेपाल पत्रकार महासंघ रौतहट शाखाको सभाकक्षमा भएको पत्रकार सम्मेलनमा परिषदको रौतहट शाखाले यस्तो अमानवीय घटनाको कडा शब्दमा निन्दा गर्दै सम्बन्धित निकायको गम्भिर ध्यानाकर्षण गराएको छ । हत्यामा संलग्न अपराधीलाई यथासिघ्र कानुनी दायरामा ल्याई सार्वजानिक गरी कारवाही गर्नको लागि विश्व हिन्दु परिषदका रौतहट अध्यक्ष आलोक पाण्डेले माँग गरेका छन ।
साथै मृतक पुजारीलाई सन्त सहिद घोषण गर्न सरकारसंग माग गर्दै हिन्दु आस्थामाथि निरंतर आच आउने कार्य गर्नेलाई कानूनी कारवाहीको माँग गरेको छ ।