खोलामा बगेर १२ वर्षीया बालिकाको मृत्य
भदौ ६, रौतहट । राप्तीनदीको खोलामा बगेर १२ वर्षीय एक बालिकाको मृत्यु भएको छ । राप्ती नगरपालिका वडा नम्बर १३ कान्दामा खोलाले बगाएर एक बालिकाको मृत्यु भएको छ ।
सोही स्थान निवासी १२ वर्षीय सम्झना चेपाङ्गका मृत्यु भएको हो । आमा छोरी मकै भाँच्न जाँदा छोरीलाई खोलाले बगाएको राप्ती नगरपालिका प्रमुख प्रभा बरालले बताए ।
खोलाले चेपाङ्गलाई शुक्रबार दिउँसो बगाए र राति अबेर उनको शव भेटिएको बरालले जानकारी दिए । घटना स्थलमा आज प्रहरी जाँदै गरेको उनले बताए ।
चितवन र धादिङको सिमानामा पर्ने सो ठाउँ भण्डारादेखि उत्तरमा पर्दछ । उक्त स्थामान पुग्न सडक अफ्ठ्यारो रहेको छ । बाटो बिग्रेका कारण गाडी नचल्दा पैदलै जानुपर्ने भएकाले समय लाग्ने प्रहरीले जनाएको छ ।






