कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका रौतहटका एक पुरूषको मृत्यु

   ५ भाद्र २०७७, शुक्रबार ११:३७  

५ भदौ, रौतहट । वीरगञ्जको नारायणी अस्पतालमा कोरोना संक्रमणसँग मिल्दोजुल्दो लक्षण भएका रौतहटका एक जना पुरूषको उपचारको क्रममा आज बिहान मृत्यु भएको छ ।

रौतहटको ईशनाथ नगरपालिका–९ डुमरियाका ५५ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको हो । ज्वरो, खोकी, पखाला र श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई रौतहटको सुकदेव चोकमा रहेको शिवदर्शन सेन्ट्रल अस्पतालमा उपचार गरिएको थियो । तर उनको अवश्था थप जटिल भए पछि गम्भिर अवस्थामा नारायणी अस्पतालको आकस्मिक कक्षमा पु¥याइएका उनको मृत्यु आज बिहान ३ः३५ बजे भएको अस्पतालले जनाएको छ ।

रौतहटमा गरिएको एक्स–रे हेर्दा उनको दुवैतिरको फोक्सोमा निमोनिया देखिएको चिकित्सकले बताएका छन् । ‘सास फेर्न गाह्रो भएर अस्पताल ल्याइएको रहेछ, शरीरमा अक्सिजनको मात्रा निकै कम भइसकेको थियो,’ उपचारमा संलग्न चिकित्सकले भने, ‘बचाउन सकिएन ।’

मृतकमा कोरोना संक्रमण भए नभएको यकिन गर्न स्वाबको नमुना संकलन गरिएको छ । उनको स्वाब परिक्षणको रिपोर्ट आज दिउँसो आउने नारायणी अस्पतालको पीसीआर ल्याबले जनाएको छ ।