चितवनमा कोरोनाका कारण थप जनाको मृत्यु
भदौ ४, रौतहट । बिहीबार चितवनको भरतपुर अस्पतालमा उपचारत एक कोरोना संक्रमितको मृत्यु भएको छ । रत्ननगर नगरपालिका वडा नं १३ का ६५ वर्षका पुरूषको भरतपुर अस्पतालको आईसीयूमा मृत्यु भएको हो ।
कोरोना संक्रमण पुष्टि भएपछि ६ दिनदेखि उनी आईसीयूमा उपचाररत थिए । उनमा क्षयरोग, फोक्सोको समस्यालगायत दीर्घरोग रहेको भरतपुर अस्पतालले जनाएको छ ।
चितवनमा अहिलेसम्म कोरोना संक्रमणका कारण ४ जनाको मृत्यु भएको छ । तीमध्ये ३ जना चितवनका हुन, भने एक जना कैलालीका हुन । चितवनका संक्रमितमध्ये भतरपुर महानगरपालिका, रत्ननगर नगरपालिका र खैरहनी नगरपालिकाका १ र १ जना रहेका छन् ।