माछापोखरीबाट दुई पेस्तोल र १० राउण्ड गोलीसहित दुई जना पक्राउ

   ४ भाद्र २०७७, बिहीबार १३:०९  

भदौ ४, रौतहट । माछापोखरीबाट दुई वटा पेस्तोल, त्यसमा लाग्ने दुई म्यागजिन र १० राउण्ड गोलीसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । प्रकरणमा संलगन एक जना माछापोखरीबाट समातिएका छन, भने अर्का व्यक्ति नुवाकोटबाट पक्राउ परेका छन ।

पक्राउ पर्नेमा नुवाकोटको शिखरवेसी–६ का विकेश पण्डित र नुवाकोटको लिपु गाउँपालिका–१ घर भएका २८ वर्षीय अमर तामाङ रहेका महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दिपक थापाले बताए ।

तामाङले दिएको हतियार लिएर आउने क्रममा पण्डित पक्राउ परेका थिए । त्यसपछि अपराध महाशाखाले प्रहरी निरीक्षक भोलाकुमार भट्टको कमाण्डमा नुवाकोटमा टोली पठाएर तामाङलाई उनकै घरबाट पक्राउ गरेको एसएसपी थापाले बताए ।
तामाङ डाँका सम्बन्धी मुद्दामा ६ वर्ष २ महिना कैद भुक्तान गरेर गत २२ फागुनमा छुटेका व्यक्ति हुन । पक्राउ परेपछि बयान दिँदै उनले बरामद हतियार हातहतियार तथा खरखजना र डाँका सम्बन्धी मुद्दामा सँगै कारागारमा रहेका धनुषाका शम्भु कार्कीको भएको बताएका छन ।
कार्कीले नै बरामद हतियार लागूऔषध मुद्दामा कारागारमा रहेका राजकुमार गुरुङलाई राख्न दिएको खुलेको छ । उनले बालाजुका एक होटल सञ्चालकलाई हतियार राख्न दिएका थिए ।
होटल साहुले लुकाएर हतियार राखेको स्थान तथा व्यक्ति थाहा छ, भनेर विनोद भन्ने व्यक्तिले भनेपछि हतियार पण्डितलाई दिनु भनेको तामाङले खुलाएका छन । घटनाबारे विस्तृत अनुसन्धान भइरहेको छ ।