बैतडीमा हाइस दुर्घटना हुँदा ७ जना घाइते

   ४ भाद्र २०७७, बिहीबार ११:३९  

भदौ ४, रौतहट । बैतडीमा हाइस दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । दशरथचनद राजमार्ग अन्र्तगत बैतडीको पाटन नगरपालिका ६ लामाखेतमा हाइस दुर्घटना हुँदा ७ जना घाइते भएका छन् ।

दुर्घटनामा घाइते हुनेहरुमा गाडी साहु डडेल्धुर अमरगढी नगरपालिका ७ का शेरबहादुर शाह र दार्चुलाको शैल्यशिखर नगरपालिका ९ का २५ वर्षीया बिस्ना जोशी र सोही ठाउँ बस्ने४२ वर्षीया लक्ष्मी जोशी, ४२ वर्षीय पल्लभ जोशी, ३९ वर्षीय नवराज जोशी, ३९ वर्षीय जयदेव जोशी घाइते भएका छन । जसमध्ये २ जनाको अवस्था गम्भीर रहेका इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक धनदेव साउँदले जानकारी दिए ।

अहिले उनीहरुलाई उपचारको लागि कोहलपुर रेफर गरिएको छ ।

अन्य घाइतेहरुको पाटन प्राथमिक उपचार केन्द्रमा उपचार भइरहेको छ । कञ्चनपुरको महेन्द्रनगरबाट दार्चुलाका लागि छुटेको बा३ख ९११७ नम्बरको हाइस बुधबार राती दुर्घटनामा परेको हो । १७ जना सवार हाइस सडकबाट २० मिटर तल खसेको छ । हाइसका चालक धिर्कबहादुर खडायतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।