पोखरास्थित सशस्त्र प्रहरी गणका १६ सुरक्षाकर्मीलाई कोरोना पुष्टि
भदौ ४, रौतहट । सशस्त्र प्रहरी गणमा कार्यरत १६ सुरक्षाकर्मीलाई कोरोना भाईरस (कोभिड १९)का संक्रमण पुष्टि भएको छ ।
पोखरा महानगरपालिका ७ स्थित १६ जना सशस्त्र प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएको हो । प्रदेश क्षयरोग केन्द्रमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले बुधबार साँझ जारी गरेको विज्ञप्ती मार्फात जनाएका छन् ।
गत महिना जिल्ला प्रहरी कार्यालय स्याङ्जामा कार्यरत प्रहरीमा संक्रमण देखिएपछि उनीहरु पोखराबाट स्याङ्जामा खटिएका थिए । स्याङ्जाबाट पोखरा आएर क्वारेन्टिनमा बसेका प्रहरीमध्य २९ जनाको नमूना संकलन गरिएकामा १६ जनाको नतिजा पोजिटिभ आएको पोखरा महानगर स्वास्थ्य महाशाखाका अधिकृत हरिलाल आचार्यले जानकारी दिए ।
यसैगरी गण्डकी प्रदेशको बाग्लुङमा समेत आठ जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ । यससँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या एक हजार ८ सय १२ पुगेको छ ।