नेपालमा थपिए ६८१ कोरोना संक्रमित

   ३ भाद्र २०७७, बुधबार १७:४३  

भदौ ३, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ सय ८१ ज्नामा कोरोना भाईरस (कोभिड १९)का संक्रमण पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २८ हजार ९ सय ३८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बितेको २४ घण्टामा गरिएको परीक्षणका क्रममा ६ सय ८१ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको हो ।

त्यस्तै विगत २४ घण्टामा १ सय २० जना कोरोनाबाट निको भइ घर फर्किएका छन । यीसहित हालसम्म निको हुनेको कुल संख्या १७ हजार ७ सय पुगेको छ । हाल देशमा सक्रिय संक्रमितको संख्या ११ हजार १ सय १८ रहेको छ ।

यस्तै, विगत २४ घण्टामा ११ हजार ५ सय १२ जनाको पिसिआर परीक्षण भएको छ । हालसम्म ५ लाख ५४ हजार भन्दा बढीको पिसिआर परीक्षण भएको छ ।

नेपालमा हालसम्म कोरोना भाईरसका संक्रमणका कारण मृत्यु हुनेको संख्या १२० पुगेको छ, भने विगत २४ घण्टामा थप ६ जना मृतकमा कोरोना पुष्टि भएको हो ।