संघीय सांसद बोगटीलाई कोरोना संक्रमण पुष्टि

   ३ भाद्र २०७७, बुधबार १४:४१  

भदौ ३, रौतहट । संघीय संसद सदस्य यज्ञबहादुर बोगटीलाई कोरोना भाईरस (कोभिड १९)का संक्रमण पुष्टि भएको छ ।

समाजिक संजाल मार्फात बोगटीले आफुलाई कोरोना पुष्टि भएको जानेकारी दिए । ललितपुरमा उनी बस्ने टोलका एक जनालाई कोरोना भाईरसका संक्रमण पुष्टि भएको थियो त्यसपछि यज्ञबहादुर बोगटीले साउन ३० गते ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा स्वाबको नमुना दिएका थिए ।

त्यसको पहिलो रिपोर्ट साउन ३२ गते नेगेटिभ आएको थियो, तर भदौ २ गते अर्काे रिपोर्टमा कोरोना पोजेटिभ आएको बोगटीले बताएका हुन्। कोरोना भाईरसका संक्रमण पुष्टि भएपछि उनी कीर्तिपुरस्थित आयुर्वेद अस्पतालको आइसोलेसनमा बसेका हुन् ।

साउन १७ गते बोगटी अछामबाट फर्किएका थिए । साउन २५ गतेसम्म सिंहदरबारमा संसदीय समितिको बैठकमा उनी गइरहेका थिए ।