रौतहटमा कोरोनाका ३५ संक्रमित थपिए ।
२ भदौ, रौतहट । रौतहटमा कोविड १९ (कोरोना) का ३७ संक्रमित थपिएका छन । । केन्द्रीय प्रयोगशाला काठमाण्डौंको रिपोर्ट अनुसार रौतहटका थप ३७ जनामा संक्रमण देखिएको हो ।
साउन ३० गते संकलन गरिएको १५० जना मध्ये ८० जनाको स्वाब परिक्षणको रिपोर्ट आउदा गौर नगरपालिकामा २७ र माधवनारायण नगरपालिकमा ५ जना, गरुडा, कटहरीया र नेपाल प्रहरीका एक–एक जनामा संक्रमण पुष्टी भएको जिल्ला जनस्वास्थ्य कार्यालय रौतहटका प्रवक्ता हरेन्द्र गुप्ताले बताए ।
कन्ट्याक्ट ट्रेसिङ्गको आधारमा गरिएका स्वाब संकलनमा उनीहरु पोजेटिभ आएका हुन । “संकलन भएका मध्ये ७० जनाको रिपोर्ट आउन अझै बाँकी छ ।” जिल्ला जनस्वास्थ्य कार्यालयका प्रवक्ता गुप्ताले भने “कन्ट्याक्ट ट्रेसिङ्ग पछयाउदै जाँदा गौर नगरपालिका सहित रौतहटको अवश्था भयावह बन्ने निश्चीत छ ।” संक्रमितहरुलाई व्यवस्थीत आइसोलेसनमा राख्नुको सट्टा घरमै होम आइसोलेसन राख्न दिने निर्णयले समुदायमा संक्रमण फैलने खतरा झनै बढेको उनले बताए ।
आज संक्रमित भएका मध्ये १३ जना महिला रहेका छन भने सबै भन्दा बढी गौर नगरपालिकाको वडा नं ५ मा संक्रमित बढेका छन ।