धुलिखेल अस्पतालमा मृत्यु भएका बृद्धको परिवारमा ९ जनालाई कोरोना पष्टि
द नेपाल मिडिया
२ भाद्र २०७७, मंगलवार १३:२३
भदौ २, रौतहट । धुलिखेल अस्पतालमा कोरोनाका कारण मृत्यु भएका बृद्धका परिवारका ७ जनालाई पनि कोरोना भाईरसका संक्रमण पुष्टि भएको छ । धुलिखेल नगरपालिका ६ का ९८ वर्षका बृद्धको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।
उनी काठमाडौंको नयाँ बानेश्वरमा बस्दै आएका उनको पिसाब बन्द हुने समस्या भएपछि साउन २७ गते धुलिखेल अस्पतालमा उपचारका लागि लगिएको थियो ।
अस्पतालमा स्वाब लिएर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भयो । त्यसपछि परिवारका सदस्यहरुको परीक्षण गर्दा ९ जनामा संक्रमण देखिएको छ । ‘उनीहरुको घरमा काम गर्ने एक जनाबाहेक अरुको रिपोर्ट पोजेटिज आएको छ,’ काभ्रेका जनस्वास्थ्य प्रमुख नरेन्द्र झाले बताए ।
बृद्धका परिवारमा संक्रमण पुष्टि भएपछि, उनीहरु अहिले होम आइसोलेसनमै छन ।