फैलदै संक्रमण, नेपालमा १०७ संक्रमितको मृत्यु ।

   २ भाद्र २०७७, मंगलवार १३:०२  

रौतहट, २ भदौ । नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको सँख्या १ सय ७ पुगेको छ । कोविड १९ भाइरसको संक्रमण फैलदै गए पछि संक्रमितहरुको सँख्या दैनिक रुपमा बढी रहेको छ ।

आज बिहान कोरोना भाइरस संक्रमण पुष्टि भएका नेपाली कांग्रेस नवलपरासीका जिल्ला उपसभापति सुवाशचन्द्र गिरीको मृत्यु भएको छ । नवलपरासी सुस्ता पश्चिम घर भएका ३८ वर्षीय गिरीको पाटन अस्पताल ललितपुरमा आज बिहान ६ बजे मृत्यु भएको हो ।
यसै गरी कोरोना संक्रमणबाट काभ्रेमा एक जना वृद्धको मृत्यु भएको छ । धुलिखेल नगरपालिका–७ घर भएका ९८ वर्षीय वृद्धको धुलिखेल अस्पतालमा उपचार गर्दागर्दै मृत्यु भएको हो । उनमा साउन २७ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

पोखरामा पनि एक संक्रमित महिलाको मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भएकी तनहुँकी एक महिलाको पोखरामा उपचारको क्रममा मृत्यु भएको हो । साउन ३२ गते उपचारका लागि अस्पताल लागिएकी तनहुँ ब्यास–१ अम्रेनीकी ५० वर्षीया महिलाको पोखराको कास्की सेवा अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो ।

हाल नेपालमा ५ लाख २९ हजार ४२७ जनाको काविड १९ भाइरस परिक्षण भएको छ । नेपालमा हाल २७ हजार २ सय ४१ जना संक्रमित रहेका छन । नेपालका तिन जिल्लाह मुस्ताङ्ग, मनाङ्ग र सँखुवासभामा कोरोना संक्रमण न्यून रहेको छ । संक्रमित मध्ये ८९ प्रतिशत पुरुष र ११ प्रतिशत महिलामा रहेका छन ।