काभ्रेमा एक र तनहुँमा एक गरी थप दुई कोरोना संक्रमितको मृत्युु
भदौ २, रौतहट । कोरोना भाईरस (कोभिड १९)बाट काभ्रेमा एक र तनहुँमा एक गरी थप दुई जनाको मृत्यु भएको छ ।
धुलिखेल नगरपालिका–७ घर भएका ९८ वर्षीय वृद्धको धुलिखेल अस्पतालमा उपचार गर्दागर्दै मृत्यु भएको हो । उनमा साउन २७ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
उनी काठमाडौंको नयाँबानेश्वरमा बस्दै आएका काभ्रेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमिल्सिनाले बताए । पिसाब बन्द हुने समस्या देखिएपछि उनी धुलिखेल अस्पतालमा उपचार गराउन गएका थिए ।
तर, ‘कोरोना परीक्षण गर्दा २७ गते पोजेटिभ रिपोर्ट देखिएको थियो, गएराति साढे १२ बजे उहाँको निधन भयो,’ प्रमुख जिल्ला अधिकारी तिमिल्सिनाले जानेकारी दिएका हुन् । यससँगै धुलिखेल अस्पतालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २ पुगेको छ ।
साथै, पोखराको कास्की सेवा अस्पतालमा उपचारको क्रममा तनहुँ ब्यास १ अम्रेनीकी ५० वर्षीय एक महिलाको मृत्यु भएको छ ।
उनलाई साउन ३२ गते उपचारका लागि अस्पताल लागिएको थियो । ती महिलामा सुगर, प्रेसर, मुटुको समस्या र निमोनिया रहेको कास्की सेवा अस्पतालका सञ्चालक डा. पदम खड्काले जानकारी दिए । महिलालाई अस्पतालमा क्रिटिकल अवस्थामा ल्याइएको डा। खड्काले बताए । अस्ति स्बाब टेस्टका लागि पठाइएको थियो । हिजो राति मृत्यु भयो, बिहान कोरोना पोजेटिभ भएको जानकारी आएको छ ।’अन्य अस्पतालले भर्ना लिन नमानेपछि त्यो अस्पताल पु¥याइएको आफन्तले बताएको अस्पताल स्रोतले जानकारी दिएको छ ।
यस्तै बिहान प्रदेश स्वास्थ्य निर्देशनालयले ठेगाना नखुलेको ५० र २५ वर्षीयामा कोरोना संक्रमण भएको बताएको थियो । तिनैमध्येकी ५० वर्षीया महिलाको मृत्यु भएको हुन सक्ने भएकाले थप जानकारीका लागि अस्पताल गइरहेको प्रादेशिक स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्र संयोजक नवराज शर्माले जानकारी दिए ।