घाटी रेटेर यूवकको हत्या
द नेपाल मिडिया
३२ श्रावण २०७७, आईतवार ११:१५
३२ साउन, रौतहट । रौतहटको गरुडा नगरपालिका वडा नं. ८ जिगंडवामा धारिलो हतियार प्रयोग गरेर एक युवकको हत्या भएको छ ।
जिगंडवाका २० वर्षिय निरजंन रामको घाटी रेटेर हत्या भएको अवश्थामा आज बिहान शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । शवको प्रकृति हेदा धारिलो हतियारले घाटी रेटेर हत्या भएको प्रहरीले जनाएको छ ।
एक फलफुल नर्सरीमा काम गर्ने राम साँझमा घर जान्छु भनेर हिडे पनि घर नपुग्दै गाँउ भन्दा तिनसय मिटर टाढा बाटोमा नै उनको हत्या भएको थियो ।
मृतकको शव पोष्टमार्टमका लागी जिल्ला अस्पताल गौर ल्याउने र घटनाको बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । तालिम प्राप्त कुकुरको सहयोगमा अनुसन्धानको काम भइरहेको प्रहरीले जनाएको छ ।