रुपन्देहीमा थपिए ११ कोरोना संक्रमित

   ३० श्रावण २०७७, शुक्रबार १५:०६  

साउन ३०, रौतहट । रुपन्देहीमा पछिल्लो २४ घण्टामा थप ११ जनामा कोरोना भाईरसका संक्रमण पुष्टि भएको छ । नेशनल प्याथ ल्याब बुटवलमा भएको समुदास्तरको परीक्षामा बुटवल उपमहानगरपालिकाका ५ जना र
सिद्धार्थननगर नगरपालिका भैरहवाका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित ११ जनाले स्वेच्छाले निजी प्रयोगशालामा शुल्क तिरेर पीसीआर परीक्षण गराएका स्वास्थ्य कार्यालय रुपन्देही भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले जानकारी दिए । बुटवलका पाँच जनामध्ये बुटवल–११ देवीनगरका ४ जना र वडा नंं. १६ का एक जना रहेका छन भने सिद्धार्थनगरका ६ जनामध्ये वडा नं. ४ का ४ जना र देवकोटा चोकका २ जना रहेका शाहले बताए ।

योसंगै रुपन्देहीमा कोरोना भाइरसबाट संक्रमितहुनहरुको संख्या ४ सय १७ पुगेको छ । रुपन्देहीमा ७७ जना संक्रमित अस्पतालमा उपचाररत छन, भने ३ सय २८ जना निको भएर घर फर्केका छन ।
त्यस्तै, एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

यस्तै रुपन्देहीमा निको हुने दर ८०.७९ प्रतिशत रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका तथ्याङ्क अधिकृत मनबहादुर वलीले बताए ।
रुपन्देहीका २ सय ४४ जनाको रिपोर्ट आउन अहिले बाँकी नै रहेको र ४ सय ८७ जना क्वारेन्टिनमा रहेका वलीले जानकारी दिए ।