कर्णालीमा थप ५ जना कोरोना पुष्टि, ७ जना डिस्चार्ज

   ३० श्रावण २०७७, शुक्रबार १४:४२  

साउन ३०, रौतहट । बितेको २४ घण्टामा कर्णाली प्रदेशमा थप ५ जनामा कोरोना भाईरस (कोभिड १९)का संक्रमण पुष्टि भएको छ ।

सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र दैलेख अस्पताल प्रयोगशालामा गरिएको परीक्षणबाट शुक्रबार थप पाँच जनामा संक्रमण पुष्टि भएको हो ।

थपिएका संक्रमितमध्ये दैलेखका तीन जना, जुम्ला र सल्यानका एकरएक जना रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए । यससँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या २०५७ पुगेको छ ।

यस्तै, कर्णालीमा शुक्रबार थप सात जना कोरोना संक्रमित डिस्चार्ज भएका छन । योसंँगै प्रदेशमा डिस्चार्ज हुनेको संख्या १९०८ पुगेको स्वास्थ्य महाशाखाले जनाएको छ । कर्णालीमा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ, भने अहिले १४३ जना आइसोलेसनमा रहेका छन ।