रौतहटको राजपुरमा १५ राउण्ड गोलि चल्यो
२९ साउन, रौतहट,। भारत बाट तस्करी गरेर अवैध रुपमा ल्याउदै गरेको राँगा भैसि नियन्त्रणमा लिन प्रहरीले रौतहटमा गोलि चलाएको छ ।
भारतीय सिमा जोडिएको रौतहटको राजपुर नगरपालिका को कुडिया बजारमा चोर बाटो बाट ल्याइएका ५८ थान राँगा भैसि एकै ठाँउमा जम्मा पारेर राखेको सूचनाको आधारमा राँगा भैसि नियन्त्रणमा लिन गएको नेपाल प्रहरी र स्थानिय बिच झडप भएको थियो । “सूचनाको आधारमा राँगा भैसि बरामद गर्न प्रहरी टोली परिचालन भएको थियो ।” जिल्ला प्रहरी कार्यालय रौतहटका उपरिक्षक रविराज खडकाले भने “प्रहरीले नियन्त्रणमा लिएर भन्सार बुझाउछ भन्ने थाहा पाए पछि स्थानियले अवरोध गरे ।”
स्थानिय र भैसि व्यापारीले प्रहरीको काममा अवरोध खडा गर्दै ढुङ्गामुढा गरेपछि स्थीती नियन्त्रणमा लिन ८ अश्रु ग्यासको सेल र १५ राउण्ड गोलि हवाई फायर गरेको उपरिक्षक खडकाले बताए । झडपको फाइदा उठाउदै तस्कर समुहले राँगा भैसि धपाउदै अन्यत्र लगेको र प्रहरीले फेला पार्न नसकेको उनले बताए ।
हाल लकडाउनको बेला सिमा क्षेत्र बन्द भए पनि रौतहटमा तस्कर समुहले भने विभिन्न बस्तुहरुको तस्करी निर्वाधरुपले गरि रहेका छन । सिमाक्षेत्रका प्रहरी यूनिटको सहयोगमै रौतहटमा तस्करी मौलाएको छ ।