मकवानपुरमा कोरोनाका ३७ नयाँ संक्रमित पुष्टि
२९ साउन, हेटौंडा । मकवानपुरमा कोरोनाका ३७ नयाँ संक्रमित भेटिएका छन । नेपाल प्रहरीका १० जना सहित ३७ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।
साउन २६ र २७ गते संकलन गरिएको स्वाब परीक्षणको नतिजामा ३७ जनामा कोरोना संक्रमण देखिएको मकवानपुर जिल्ला अस्पतालले जनाएको छ । संक्रमितहरुमध्ये १८ जना हेटौंडा उपमहानगरपालिकाका छन् । भिमफेदी गाउँपालिकाका ३, थाहा नगरपालिकाका २, बकैया गाउँपालिकाका २ जनामा संक्रमण पुष्टी भएको आइसोलेसन वार्ड प्रमुख भोला चौलागाईंले जानकारी दिए ।
चौलागाईका अनुसार चितवन र काठमाडौंका १–१ जनामा पनि कोरोना पुष्टि भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नं. ९ का ७ जना, वडा नं. ५ का ४ जना, वडा नं. ४ का ४ जना तथा हेटौंडा उपमहानगरपालिकाका २, १० र १३ नम्बर वडामा १–१ जना संक्रमित फेला परेका छन् ।