बारा र पर्सामा थप ३५ जनाको कोरोना रिपोर्ट पोजेटिभ
साउन २९, रौतहट । वीरगञ्जस्थित नारायणी (कोभिड १९) अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बारा र पर्सामा थप ३५ जनामा कोरोना भाईरसका संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितमध्ये ११ जना महिला छन् । योसँगै पर्सामा कोरोनाबाट संक्रमित हुनेहरुको संख्या १ हजार १ सय ४५ पुगेको छ ।
वीरगञ्ज–११ पानीट्यांकीको २८ वर्षीय, वीरगञ्जकै १४ वर्षीया किशोरी, २३ र २२ वर्षीय युवक र ४५ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ । वीरगञ्ज–९ को २९ र ३२ वर्षीया महिला तथा १२ वर्षीया बालिकामा पनि कोरोना देखिएको छ ।
वीरगञ्ज–१० घडिअर्वाका ५४ वर्षीय पुरुष, १० र ८ वर्षीय बालक, वीरगञ्ज–१० कै १८ वर्षीय युवक, वीरगञ्ज–९ घण्टाघरका ५५ र ३८ वर्षीय पुरुष, ५०, २६, ३७ वर्षीया महिला, ९ र ५ वर्षका बालिका तथा ७ वर्षका बालकमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
वीरगञ्ज–९ रानीघाटका ५४, ४५, ४१, २४, २५ वर्षीय पुरुष र ३७ वर्षीया महिलामा पनि कोरोना संक्रमण देखिएको छ ।
वीरगञ्ज–९ गणेशटोलका ४५ वर्षीय पुरुष र वीरगञ्ज लालपर्साका २६ वर्षीय युवकको पनि कोरोना परीक्षण पोजेटिभ रिपोर्ट आएको छ । बाराको प्रसौनी गाउँपालिका–१का ३३ वर्षीय पुरुष, वीरगञ्ज कारागारका ३७ वर्षीया महिला र ८ वर्षीय बालकमा कारोना देखिएको छ ।
कन्ट्याक्ट ट्रेसिङबाट संकलन गरिएको स्वाब नमुना परीक्षणका क्रममा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालाले जनाएको छ । अधिकांश संक्रमित घण्टाघर, रानीघाट, घडिअर्वा क्षेत्रका छन ।