रौतहटको संक्रमित थपिने क्रम तिव्र, गुजरामा ३ संक्रमित थपिए

   २८ श्रावण २०७७, बुधबार १५:२९  

प्रेम यादव
२८ साउन, रौतहट ।

रौतहटको गुजरा नगरपालिकामा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्वारेन्टीन बाहिर रौतहटमा समुदाय स्तरमै कोरोना संक्रमणको वृद्धि दर तिव्र बनेको छ ।

साउन २३ गते गुजरा नगरपालिकाका ७२ जनाको स्वाब संकलन गरेर परिक्षणको लागी पठाइएकोमा ३ जनामा संक्रमण पुष्टी भएको जिल्ला जनस्वास्थ्य कार्यालयका फोकल पर्सन हरेन्द्र गुप्ताले बताए । हेटौडा प्रयोगशालाले दिएको रिपोर्टमा २ जना स्वास्थ्यकर्मी र एक जना स्वीपरमा संक्रमण पुष्टी भएको हो ।

सक्रमितहरु २५, २६ र २७ वर्षको पुरुष रहेको र उनीहरुको सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङ्गको काम शुरु भएको गुप्ताले बताए । संक्रमितहरुलाई चन्द्रपुरमा रहेको आइसोलेसनमा राखिने तयारी रहेको छ ।

विगत चार दिनमा रौतहटमा ६२ जनामा संक्रमण पुष्टी भएको छ । यसअघि आइतवार गौरमा १५ जना, सोमबार एकै दिन राजदेवीमा १९ र कटहरीयामा ९ जना तथा मंगलवार गरुडाका ११ जना र चन्द्रपुरका ५ जनामा संक्रमण देखिएको थियो ।