बारामा सवारी दुर्घटना हुँदा एकको मृत्यु, ४ जना उपचाररत

   ८ असार २०७९, बुधबार १५:१५  

८ असार, बारा । बारामा मोटरसाइकल दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ भने अन्य ४ जना घाइते भएका छन् ।

बिजुलपुरबाट कलैयातर्फ जादैँ गरेको नम्बर नखुलेको मोटरसाइकल र सोही विपरीत दिशाबाट आउँदै गरेको ना३४प ७९२२ नम्बरको मोटरसाइकल आपसमा ठोक्किदाँ दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेर गम्भीर घाइते भएको करैयामाई गाउँपालिका वडा नम्बर १ का २२ वर्षीय तबरेज आलमलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको बाराका प्रहरी प्रवक्ता राजेश थापाले जानकारी दिए ।

त्यस्तै, सोही दुर्घटनामा परेर स्थानीय २५ वर्षीय नसरुदिन अन्सारी, भारतको मोतिहारी जिल्ला पताहीका ३५ वर्षीय सुरेश साह, उनकी पत्नी ३२ वर्षीया सविता देवी र २२ वर्षीय रामप्रवेश साह घाइते भएका छन् ।

घाइते भएका चारै जनाको वीरञ्जस्थित वयोधा अस्पतालमा उपचार हुदैँछ । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।