असारमै एसईईको नतिजा सार्वजानिक हुने

   ७ असार २०७९, मंगलवार ११:२३  

७ असार, रौतहट । एसईईको परीक्षाफल यस महिनाभित्रै सार्वजानिक हुने भएको छ ।

यस वर्षका माध्यमिक शिक्षा (एसईई)को नतिजा असार मसान्तभित्रै सार्वजानिक गर्ने तयारी भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

असार ३२ गतेभित्र परीक्षाफल सार्वजानिक गर्नको लागि बोर्डले तीव्रताका साथ आवश्यक काम गरिरहेको स्रोतले जनाएको छ । यसअघि चार महिनामा सार्वजनिक हुँदै आएको परीक्षाफल यस वर्ष करिब दुई महिनामै सार्वजनिक गर्ने गरी काम भइरहेको छ ।

यस्तै, विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण विगत दुई वर्ष आन्तरिक मूल्याङ्कनबाट नै नतिजा सार्वजनिक हुदै आएको छ । कोरोनाको जोखिम कायमै रहेकोले भौतिक उपस्थितमा नगरेर आन्तरिक मूल्याङ्कनबाट बोर्डले नजिता सार्वजानिक गरेको थियो ।

यसपटक कोरोनाको संक्रमण दर कम भएको ले बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै गत वैशाख ९ देखि २० गतेसम्म परीक्षा सञ्चालन गरेको थियो ।

दुई हजार सात परीक्षा केन्द्रबाट ११ हजार ६१५ विद्यालयका दुई लाख ५७ हजार ९२४ छात्रा र दुई लाख ५७ हजार ५३ छात्र गरी पाँच लाख १४ हजार ९७७ परीक्षार्थीले परीक्षा दिएका थिए ।