सुनचाँदीको मूल्यमा सामान्य गिरावट

   २४ जेष्ठ २०७९, मंगलवार १२:३९  

२४ जेठ, रौतहट । आज नेपाली बजारमा सुनको मूल्य तोलामा ६ रुपैयाँले घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार ९८ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य मंगलबार प्रतितोलामा ९७ हजार ५ सय रुपैयाँ तोकिएको छ ।

यस्तै, तेजावी सुन प्रतितोला ९७ हजार रुपैयाँ पुगेको छ।

त्यसैगरी, आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।