साताको अन्तिम दिन सुनचाँदीको मूल्य वृद्धि

   २० जेष्ठ २०७९, शुक्रबार १२:४२  

२० जेठ, रौतहट । नेपाली बजारमा साताको अन्तिम दिन सुनचाँदीको मूल्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढेको छ भने चाँदीको भाउ प्रतितोलामा २५ रुपैयाँले वृद्धि भएको हो ।

बिहीबार तोलामा ९७ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा ९८ हजार ५ सय रुपैयाँ तोकिएको छ । यस्तै, तेजावी सुनको भाउ प्रतितोलामा ९८ हजार रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ । यसअघि बिहीबार तेजावी सुनको भाउ ९७ हजार १ सय रुपैयाँ निर्धारण गरिएको थियो ।

त्यसैगरी, हिजो १ हजार २ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज प्रतितोलामा १ हजार २ सय ९० रुपैयाँ तोकिएको छ ।