पल शाहलाई तारेखमा नछाड्ने अदालतको आदेश

   २० जेष्ठ २०७९, शुक्रबार १२:०५  

२० जेठ, रौतहट । करणी मुद्दामा पक्राउ परेका पल शाहलाई थुनामुक्त नगर्ने उच्च अदालतले आदेश दिएको छ ।

नाबालिग बलात्कार मुद्दामा थुनामा रहेका शाहलाई तारेखमा छाड्न उच्च अदालत पोखराले अस्वीकार गरेको छ ।

उच्च अदालतका न्यायाधीशद्वय उज्ज्वल शुक्ल र श्रीधरा कुमारी पुडासैनीको संयुक्त इजलासले तनहुँ अदालतकै आदेश सदर गर्ने निर्णय गरेको हो ।

गत चैत १० गते तनहुँ उच्च अदालतले आदेश दिँदै पललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । उपरोक्त विषयमा तनहुँ जिल्ला अदालतले दिएको आदेश सदर गर्ने इजलासले आदेश दिएको छ ।

नाबालिग गायिकाले आफूमाथि पटक पटक बलात्कार गरेको भन्दै पलविरूद्ध तनहुँ र नवलपुर जिल्ला अदालतमा जाहेरी दिएकी थिइन् । नाबालिगले दिएको जाहेरीका आधारमा नायक पल शाहलाई पक्राउ गरिएको थियो ।