कच्चा पदार्थ पाम र पामोलिन तेल आयातको भन्सार शुल्क घट्यो

   १८ जेष्ठ २०७९, बुधबार १५:१७  

१८ जेठ, रौतहट । बजेटको नयाँ नीति आएपछि सरकारले तेलको भन्सार शुल्क १० प्रतिशतले घटाएको छ ।

बजेटमार्फत औद्योगिक प्रयोजनाका लागि कच्चा पदार्थको रुपमा पाम र पामोलिन आयात गर्दा र उद्योगले तयारी तेल आयात गर्दा भन्सार शुल्क १० प्रतिशतमा झारेको छ ।

२०८९-८० को बजेट घोषणा भएपछि वनस्पती घ्यु, तेल, उद्योगले कच्चा पदार्थ आयात गर्दा भन्सार महसुल १० प्रतिशत नै लाग्ने छ ।

यस्तै, सरकारको नीतिले बिस्कुट, चाउचाउ, लगायतका उद्योगको उत्पादन लागत घटाउन मद्धत मिल्नेछ ।

त्यसैगरी, यसअघि तेलमा १५ प्रतिशत र कच्चा पदार्थमा १० प्रतिशत भन्सार शुल्क लागेको थियो ।