सप्तरीबाट चाँदीका गहनासहित एक भारतीय नागरिक पक्राउ

   १८ जेष्ठ २०७९, बुधबार १३:००  

१८ जेठ, सप्तरी । अवैध रुपमा ल्याएको चाँदीका गहनासहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारत बिहारको मधुबनी जिल्ला खुटौनाग्राम पञ्चायत ११ का २२ वर्षीय वरिष्ट चौधरी रहेको प्रहरीले जनाएको छ ।

सप्तरीको बोदे बर्साइन नगरपालिका ९ इँटाभट्टास्थितसीमा नाकाबाट सशस्त्र प्रहरी बलले ४ किलो चाँदीका गहनासहित उनलाई हिरासतमा लिएको सशस्त्र प्रहरी उपरीक्षक प्रदीप खड्काले जानकारी दिए ।

नाकामा खटिएको गस्ती टोलीले चेकजाँच गर्ने क्रममा उनलाई चाँदीको गहनासहित नियन्त्रणमा लिएको थियो । प्रहरीका अनुसार निजलाई चेकजाँच गर्ने क्रममा कम्मरमा बाँधी लुकाइछिपाइ नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा पक्राउ गरिएको हो ।

चौधरीको साथबाट बरामद भएको गहनाको मूल्य ४ लाख ३८ हजार रहेको छ । पक्राउ परेका उनीमाथि यसबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।