विश्वमा कोरोनाबाट संक्रमित हुनेको संख्या दुई करोड

   २७ श्रावण २०७७, मंगलवार १३:१४  

साउन २७, रौतहट । विश्वभर फैलिएको कोरोना भाईरस (कोभिड १९)बाट संक्रमित हुनेहरुको संख्या दुई करोड नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अहिलेसम्म संसारमा कोरोना भाइरसका संक्रमितको संख्या दुई करोड ८९ हजार ६ सय २४ पुगेको छ ।

कोरोना भाइरसबाट सबैभन्दा प्रभावित देश अमेरिकामा धेरै कोरोना संक्रमित फेला परेका छन । अमेरिकामा मात्रै कोरोना भाइरस (कोभिड १९)बाट संक्रमित हुनेको संख्या ५० लाख नाघेको छ ।

त्यस्तै ब्राजिलमा पनि कोरोना भाइरसका संक्रमितको संख्या ३० लाख नाघेको छ । भारतमा पनि २२ लाखभन्दा धेरै मानिसहरुमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै कोरोना भाईरसका माहामारीबाट विश्वभर मृत्यु हुनेको संख्या पनि सात लाख ३६ हजार १ सय ९१ पुगेको छ ।
अमेरिकामा सबैभन्दा बढी एक लाख ६३ हजारभन्दा धेरैको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भइसकेको छ, भने ब्राजिलमा पनि एक लाख एक हजारभन्दा धेरैको मृत्यु भइसकेको छ ।

मेक्सिकोमा ५३ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ । बेलायतमा ४६ हजारभन्दा बढी र भारतमा४५ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

स्तै अहिलेसम्म विश्वभर एक करोड २२ लाख कोरोना जितेर डिस्चार्ज भइसकेका छन ।