रौतहटको गरुडाका ११ जनामा कोरोना संक्रमण पुष्टी
२७ साउन, रौतहट । रौतहटको गरुडा नगरपालिकामा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आज आएको रिपोर्टमा गरुडा नगरपालिकाका स्वास्थ्यकर्मी, एक स्थानिय नेता समेत ११ जनामा कोरोन संक्रमण पुष्टि भएको गरुडा नगरपालिकाका स्वास्थ्य संयोजक आनन्द जयसवालले बताए ।

गत २२ गते गरुडामै संकलन गरिएको ७९ जनाको स्वाब हेटौडाको ल्यबमा परिक्षण गर्दा एक महिला सहित ११ जनामा संक्रमण भेटिएको स्वास्थ्य संयोजक जयसवालले बताए ।
रौतहटमा विगत तिन दिनमा संक्रमित हुनेको सँख्या ५४ पुगेको छ । आइतवार रौतहटमा १५ जना संक्रमित भेटिएका थिए भने सोमबार एकै दिन राजदेवीमा १९ र कटहरीयामा ९ जनामा संक्रमण देखिएको थियो ।






