फेरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि
९ जेठ, रौतहट । चुनावको बेलामा सरकारको विरोध हुन सक्ने भन्दै स्थिर गरी राखेको पेट्रोलियम पदार्थको मूल्य बढ्न थालेको छ ।
छिमेकी मुकुल भारतीय आयल कर्पोरेसन (आईओसी) ले पेट्रोलियम पदार्थको नयाँ मूल्य सूचि पठाए पनि वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि स्थिर गरेर राखिएको इन्धनको मूल्यमा चुनाव लगत्तै धमाधम वृद्धि हुने थनलेको छ ।
निर्वाचन लगत्तै गत वैशाख ३१ गते बसेको आयल निगम सञ्चालक समितिको बैठकले (शनिबार) राति १२ बजेदेखि पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर १० रुपैयाँ मूल्य बढाउने निर्णय गरेको थियो ।
यस्तै, आइतबार राति १२ बजेदेखि लागू हुने गरी सरकारले फेरी पेट्रोल, डिजेल, मट्टितेल र हवाइ इन्धन लिटरमा १० रुपैयाँ बढाएको छ भने एलपी ग्यासमा प्रतिसिलिन्डर २ सय रुपैयाँ बढेको हो ।
अब पेट्रोलको मूल्य १८० रूपैयाँ, डिजेल र मट्टितेल १६३ रुपैयाँ लिटर पर्ने छ । त्यस्तै, एलपी ग्यासको मूल्य १८०० रूपैयाँ तोकिएको छ ।






