जनकपुरमा थप एक ६० वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु
द नेपाल मिडिया
२७ श्रावण २०७७, मंगलवार १२:५३
साउन २७, रौथहट । कोरोना भाईरस (कोभिड १९)का संक्रमण बाट धनुषाको जनकपुरधाममा थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको विदेह नगरपालिका ८ का ६० वर्षीय पुरुष रहेका छन् ।
प्रादेशिक अस्पताल मातहत रहेको कोरोना (कोभिड १९) विशेष अस्पतालको आइसोलेसनमा उपचाररत एक पुरुषको मृत्यु भएको हो ।
उनी गत साउन ८ गते देखि आइसोलेसन कक्षमा भर्ना भएका थिए । संक्रमितलाई लामो समयदेखि अत्यधिक ज्वारो आइरहेको अस्पतालका डा. जामुन सिंहले जानकारी दिए ।
संक्रमितको मृत्युपछि शव व्यवस्थापनको तयारी थालिएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम भट्टराईले जानकारी दिए । संक्रमितको ट्राभल हिस्ट्री अनुसार सबै सम्पर्कमा आएकाहरुको पहिचान भइसकेको र सम्पर्कमा आइसकेको प्रमुख जिल्ला अधिकारी भट्टराईले बताए ।