काठमाडौँ उपत्यका सहित नेपालमा थप ३३८ जनामा कोरोना संक्रमण पुष्टि

   २६ श्रावण २०७७, सोमबार १७:०९  

साउन २६, रौतहट । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यका सहित देशका विभिन्न ठाउँमा ३ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बितेको २४ घण्टामा काठमाडौँमा ३६, ललितपुरमा ४ र भक्तपुरमा ३ जना सहित नेपालमा ३ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज थपिएको संक्रमितसहित हालसम्म नेपालमा कोरोना संक्रमितको कुल संख्या २३ हजार ३ सय १० पुगेको छ । त्यस्तै, मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा विभिन्न अस्पतालबाट १ सय ४० जना संक्रमित कोरोनामुक्त भएर घर फर्किएका छ्न् । यीसहित हालसम्म १६ हजार ४ सय ९३ जना कोरोनामुक्त भएका छन ।

विगत २४ घण्टामा ८ हजार ४ सय ३२ जनाको पिसिआर परीक्षण भएको छ । नेपालमा हालसम्म ४ लाख ५२ हजार बढीको पिसिआर परीक्षण भएको छ । अहिले देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ७ सय ३८ रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै ७९ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।