आजदेखि ६ दिनको लागि विद्यालयहरु बन्द
२८ वैशाख, रौतहट । आजदेखि ६ दिनका लागि विद्यालयहरु बन्द हुने भएको छ ।
यही वैशाख ३० गते शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि बुधबार देखि स्थानीय विद्यालयहरु बन्द हुने भएको छ । सरकारले मतदानको दिन ३० गते मात्रै विदा दिने निर्णय गरेको थियो । तर धेरैजसो सामुदायिक विद्यालयहरुमा मतदान केन्द्र राखिएको, कतिपय शिक्षकहरु निर्वाचनमा खटिएको र मतदान गर्न जिल्ला जानुपर्ने भएको भन्दै आजबाट विद्यालयहरु बन्द गरिएको हो ।
यस्तै, वैशाख ३१ गते शनिबार परेको र सरकारले जेठ १ गतेदेखि आइतबारको दिन पनि सार्वजनिक विदा दिने निर्णय गरेकाले आइतबार पनि विदा हुने छ भने जेठ २ गते बुद्ध जयन्ती परेकाले सो दिन पनि सार्वजनिक बिदा हुने छ ।
त्यसकारण आजबाट ६ दिनसम्म विद्यालयहरु बन्द भएको छ ।






