कर्णाली प्रदेशमा थप २४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २००० नाघ्यो
साउन २६, रौतहट । कोरोना भाईरसका माहामारी फैलिदै कर्णाली प्रदेशमा (कोभिड १९)बाट संक्रमित हुनेहरुको संख्या दुई हजार नाघेको छ । बितेको २४ घण्टामा मात्रै प्रदेशका ३ जिल्लामा गरी २४ जनामा कोरोना भाईरसका संक्रमण पुष्टि भएको छ । पछिल्लो तथ्यांकअनुसार कर्णाली प्रदेशमा (कोभिड १९)बाट संक्रमित हुनेहरुको संख्या २००३ थिए ।
सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला र दैलेख अस्पताल प्रयोगशालामा गरिएको परीक्षणबाट सोमबार थप २४ जनामा संक्रमण पुष्टि भएको हो ।
थपिएका संक्रमितमध्ये दैलेखका १७ जना, सल्यानका ६ जना र सुर्खेतका एकजना रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा। लक्ष्मीनारायण तिवारीले जानकारी दिएका हुन् ।
प्रदेशमा कोरोना जितेर डिस्चार्ज हुनेको संख्या १ हजार ८ सय ८० पुगेको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । यस्तै, कर्णालीमा कोरोना संक्रमणका कारण हालसम्म ६ जनाको मृत्यु भएको छ भने अहिले १ सय १७ जना आइसोलेसनमा रहेका छन ।