आज पनि सुनचाँदीको मूल्यमा सामान्य गिरावट
द नेपाल मिडिया
१९ बैशाख २०७९, सोमबार ११:५८
१९ वैशाख, रौतहट । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ ।
सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ९८ हजार २ सय रुपैयाँमा तोकिएको छ ।
आइतबार छापावाला सुनको कारोबार प्रतितोलामा ९९ हजार ५ सय रुपैयाँमा भएको थियो ।
यस्तै, हिजो तोलामा १ हजार ३ सय रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज तोलामा १ हजार २ सय ९० रुपैयाँ निर्धारण गरिएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।






