गण्डकी प्रदेशमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि
साउन २६, रौतहट । गण्डकी प्रदेशमा थप ८ जनामा कोरोना भाईरस (कोभिड १९)का संक्रमण पुष्टि भएको छ । आज थपिएको नयाँ ८ संक्रमितहरुसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या १ हजार ६ सय २० पुगेको छ ।
क्षयरोग उपचार केन्द्र पोखरामा भएको परीक्षणबाट ५ जिल्लाका ८ जनामा (कोभिड १९)का संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयका अनुसार नयाँ ८ संक्रमितमध्ये नवलपरासी (बर्दघाट(सुस्तापूर्व)को गैडाकोटका ३२र३७ वर्षका महिला र पुरुष, रहेका हुन् ।
त्यस्तै कास्कीको पोखरा महानगरपालिका ३७र४० वर्षका महिला र पुरुष रहेका छन् भने, तनुहुँको भानु र बन्दीपुरका ३४ वर्षका दुईजना पुरुष, स्याङ्जाको गल्याङकी ४५ वर्षीय महिला र पर्बतको मोदीका ५२ वर्षीय पुरुष रहेका छन् ।
यस्तै गण्डकी प्रदेशमा कोरोना जितेर १ हजार ४ सय ७० जना डिस्चार्ज भइसकेका छन् ।






