राष्ट्रिय परीक्षा बोडले गरे कक्षा १२ को परीक्षा समयतालिका परिवर्तन

   ११ बैशाख २०७९, आईतवार १२:४६  

११ वैशाख, रौतहट । कक्षा १२ को परीक्षाको समयतालिका परिवर्तन गरेको छ ।

आगामी जेठ १६ गते (सोमबार) देखि २५ गतेसम्म सञ्चालन हुने कक्षा १२ को परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन गर्ने गरी राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यलयले समयतालिका परिवर्तन गरेको छ ।

यसअघि सार्वजानिक गरेको समयतालिकामा बोर्डले बिहान ११ बजेदेखि २ बजेसम्म परीक्षा सञ्चालन गर्ने गरेको थियो ।

परीक्षा बोर्डले सूचना जारी गर्दै विभिन्न सरोकारवालाहरुले समय तालिका परिवर्तन गरिदिन अनुरोध गरेकाले समयतालिका परिवर्तन गरिएको छ ।