आजबाट एसईईको परीक्षा सुरु

   ९ बैशाख २०७९, शुक्रबार १०:४९  

९ वैशाख, रौतहट । एसईईको परीक्षा आजबाट सुरु भएको छ ।

माध्यमिक शिक्षा (एसईई)को परीक्षा शुक्रबार बिहान ८ बजेदेखि सुरु भएको छ । परीक्षा सुरु भएको प्रथम दिन आज अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा हुँदैछ ।

९ गतेदेखि सुरु भएको एसईईको परीक्षा वैशाख २० गतेसम्म सञ्चालन हुनेछ । वोर्डले एसईईका लागि देशभर २ हजार ७ परीक्षा केन्द्र तोकेको छ ।

एसईईमा ५ लाख १४ हजार ९ सय ७७ परीक्षार्थी सहभागी हुँदैछन् । जसमध्ये २ लाख ५७ हजार ९ सय २७ छात्र र २ लाख ५७ हजार ५३ छात्रा छन् ।

विश्व व्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९)को महामारीका कारण २ वर्षदेखि विद्यालयको आन्तरिक मूल्यांकनका आधारमा बोर्डले एसईईको नतिजा सार्वजानिक गर्दै आएको थियो ।

कोरोना संक्रमण दर न्यून भएसंगै यसपालि भौतिक उपस्थितीमै परीक्षा सुरु भएको छ ।