बाजुरामा आएको बाढीले घरसँगै एक ६५ वर्षीय महिलालाई बगायो

   २६ श्रावण २०७७, सोमबार १२:००  

साउन २६, रौतहट । आईतबार राति बूढीगँगा नदीको बाढीले बाजुराको तटीय क्षेत्रका बस्तीमा क्षति र्पुयाउनुका साथै एज जनालाई बगाएर बेपत्ता बनाएको छ ।

बडिमालिका नगरपालिका–२ घाँघर टोलमा बाढीले घर भत्काएको छ । बूढीगंगा नदी बाजुरा, मार्तडीको घाँघर बस्तीमा बाढीको पानि पसेपछि क्षति गरिएको छ ।

सोही स्थानकी ६५ वर्र्षीया आइसेनी महत बेपत्ता भएकी हुन । उनी वडाध्यक्ष डम्मर महतकी आमा हुन ।

नदी बस्तीमा पसेर घर बगाएको बडिमालिकाका नगरप्रमुख पदमबहादुर बडुवालले बताए । नदीले जडांगामा रहेको बेलिब्रिज बगाउनुका साथै सडक भत्काइदिएको छ ।

अन्य ठाउँका झोलुंगे पुलसमेत बगेको स्थानीयले बताएका छन । अहिले क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।