चाँदीसहित एक भारतीय नागरिक पक्राउ
३ वैशाख, रौतहट । चाँदीको गहनासहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
पचरौता नगरपालिका ६ (पकडिया) स्थित सिमामा इलाकामा बिओपी बेनौलीको एसवनबाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा १२ सय ग्राम चाँदीको गहनासहित भारतको मोतिहारी झुनझुडवा (झांजरा) ग्राम पंचायत ३ बडहरवा निवासी २८ वर्षीय शैलेस शाहलाई हिरासतमा लिएको प्रहरीले जनाएको छ ।
बिआर ०५ एबि १९६६ नम्बरको मोटरसाइकलमा सवार उनीबाट बरामद भएको गहनालाई परीक्षणका लागि सुनचाँदी व्यवसाय संघमा पठाइएको छ ।
सुनचाँदी व्यवसाय संघमा पुष्टि भएपछि आवश्यक कारवाहीको लागि भन्सार कार्यालयमा बुझइने छ । प्रहरीका अनुसार निजको साथबाट बरामद भएको मोटरसाइकलसहित चाँदी अझै बिओपीमै रहेको छ ।
बरामद भएको चाँदीको मूल्य अन्दाजी १ लाख ४० हजार रुपैयाँ बराबर रहेको प्रहरीले जनाएको छ ।






