अन्तर्राष्ट्रिय विकास संस्थाबाट सहुलियतपूर्ण ऋण सहायता लिने सरकारको निर्णय

   २ बैशाख २०७९, शुक्रबार १३:४८  

२ वैशाख, रौतहट । विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट प्राप्त हुने करिब १८ अर्ब बराबरको सहुलियतपूर्ण ऋण सहायता सरकारले स्वीकार गर्ने निर्णय गरेको छ ।

गत चैत्र ३० गते (बुधबार)बसेको मन्त्रिपरिषद बैठकले ऋण सहायता लिने निर्णय गरेको हो । बैठकले राष्ट्रिय आवास कम्पनीका अध्यक्ष रामआधार कापरको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको छ भने अमेरिकी अन्तर्राष्ट्रिय विकासका लागि सहयोग निकाय (युएसआइडी) बाट प्राप्त हुने करिब ७९ अर्ब ७१ करोड अनुदान सहायता रकम स्वीकार गर्ने निर्णय समेत गरेको छ ।

बैठकले यी लगायत ७ वटा निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले जानकारी दिए । रासस