नेपालमा थप ३८० जनामा कोरोना संक्रमण पुष्टि
साउन २५, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले २४ घण्टामा गरिएको ८ हजार ५ सय १५ पीसीआर परीक्षणमा ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन ।
यस्तै, २४ घण्टामा ४० जना कोरोना जितेर डिस्चार्ज भएका छन । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म १६ हजार ३ सय ५३ जना संक्रमित निको भएर घर फर्किएका छन । त्यस्तै काठमाडौँ उपत्यकतामा आईतबार ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँ जिल्लामा ९० र ललितपुरमा २ जनामा कोरोना संक्रमण देखिएको छ
नेपालमा आइतबारसम्म कोरोना संक्रमितको संख्या २२ हजार ९ सय ७२ पुगेको छ । मुलुकभर ६ हजार ५ सय ४४ जना आइसोलेसनमा र क्वारेन्टाइनमा ११ हजार ३८ जना रहेको प्रवक्ता गौतमले बताए ।