स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका ४ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि
साउन २५, रौतहट । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका ४ जना कर्मचारीलाई कोरोना भाईरस (कोभिड १९)का संक्रमण पुष्टि भएको छ ।
गत शुक्रबार कोरोना भाईरस (कोभिड १९)क्राइसिस म्यानेजमेन्ट समितिको टोलीले स्वास्थ्य मन्त्रलयका ८४ जना कर्मचारीको स्वाब संकलन गरेको थियो ।
८४ जनाको पीसीआर परीक्षण गर्दा ४ जनामा कोरोना भाईरसका संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयको एक अधिकारीले जनाएका छन् । स्रोतको अनुसार (कोभिड १९)का संक्रमित कर्मचारीको पहिचान गरी उनीहरूको सम्पर्कमा आएका व्यक्तिहरुको खोजी सुरु गरिएको छ ।