पर्सामा १५ महिलासहित थप ७५ जनामा कोरोना संक्रमण पुष्टि
द नेपाल मिडिया
२५ श्रावण २०७७, आईतवार १३:०८
साउन २५, रौतहट । पर्सा जिल्लामा थप ७५ जनामा कोरोना भाईरस (कोभिड १९)का संक्रमण पुष्टि भएको छ । उनीहरुमा नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो ।
कन्ट्याक्ट ट्रेसिङमा परेका ३१ जनाहरुमध्ये आफैँ कोरोना जाँच गराएका १२ जना, वीरगञ्ज महानगरपालिकाका दमकलका कर्मचारी २ जना, क्वारेन्टिनमा बस्दै आएका ४ जना र जिल्ला प्रहरी कार्यालयका ९ जनामा कोरोना भाईरसका संक्रमण देखिएको छ ।
कोरोना संक्रमितमध्ये १५ जना महिला छन । वीरगञ्ज–२ छपकैयाको २० वर्षीया मृतक महिला पनि संक्रमितको सूचीमा छिन । यसैगरी ज्वरो, रुघा, खोकीको लक्षण देखिएका ९ जना, पर्सागढी नगरपालिकाका ३ जना, नारायणी अस्पतालका कर्मचारी ३ जना र सर्लाहीका एक जनाको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको प्रयोगशाला स्रोतले जनाएको छ ।