सुन भाउ तोलामा घट्यो १८०० रुपैयाँ

   १ चैत्र २०७८, मंगलवार ११:३३  

१ चैत, रौतहट । आज सुनको तोलामा १ हजार ८०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको कारोबार प्रतितोलामा १ लाख ५ सय रुपैयाँमा भइरहेको छ ।

यसअघि सोमबार तोलामा १ लाख २ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै तेजाबी सुन तोलामा १ लाख रुपैयाँमा कारोबार भएको छ । यसैबीच मंगलबार चाँदीको मूल्यमा पनि सामान्य गिरावट भएको छ । सोमबार तोलामा १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ मंगलबार घटेर प्रतितोलामा १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।