डलरको मूल्य उच्च हुँदा कमजोर बन्यो नेपाली मुद्रा

   २४ फाल्गुन २०७८, मंगलवार १३:३५  

२४ फागुन, रौतहट । नेपाली मुद्रा इतिहासकै कमजोर बनेको छ ।

अमेरिकी डलरको मूल्य उच्च हुँदा नेपाली रुपैयाँ हालसम्मकै कमजोर देखिएको हो । मंगलबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको खरिद दर १२२ रुपैयाँ ८४ पैसाँ र बिक्रीदर १२३ रुपैयाँ ४४ पैसा तोकेको छ ।

पछिल्लो समय लगातार अमेरिकी मुद्रा वलियो बन्दै जाँदा अब एक अमेरिकी डलर खरिद गर्नका लागि १२३ रुपैयाँ ४४ पैसा तिर्नुपर्नेछ । नेपाल राष्ट्र बैंकको विदेशी विनिमय विभागका कार्यकारी निर्देशक रामु पौडेल अमेरिकी अर्थतन्त्र वलियो बन्दै गएको र पछिल्लो समय रुस–युक्रेन युद्धको असर समेत अमेरिकी डलरको मूल्यमा परेको बताउँछन् । उनका अनुसार विश्वव्यापाी रुपमा पछिल्ले समय डलरको माग उच्च छ । माग उच्च हुँदा यसले मूल्य बढेको हो ।

नेपाली मुद्राको भारतीय रुपैयाँसँग स्थिर विनिमय दर रहने गरेको छ । यसकारण केही समयता डलरको तुलनामा भारु खस्किँदा नेपाली रुपैयाँको मूल्यसमेत कमजोर हुने गरेको छ ।

नेपालको झन्डै ७० प्रतिशत व्यापार भारतसँग हुनेगर्छ । तर भारतमै पनि भारु सस्तो हुँदा हुने महँगी यता सर्नसक्ने विज्ञहरु बताउँछन् । तर डलरको भाउ बढ्दा केही फाइदा पनि हुने गर्दछ । विदेशी मुद्राको भाउ बढ्दा त्यसले पर्यटनमार्फत् हुने आम्दानीमा वृद्धि हुन्छ ।