कर्णालीमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि, ५५ जना डिस्चार्ज

   २३ श्रावण २०७७, शुक्रबार १६:५९  

साउन २३, रौतहट । कर्णाली प्रदेशमा बितेको २४ घण्टामा थप ५ जनामा कोरोना भाईरस (कोभिड १९)का संक्रमण पुष्टि भएको छ । यससँगै कर्णालीमा संक्रमितको संख्या १९६५ पुगेको छ ।

सुर्खेतस्थित कर्णाली प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा भएको परीक्षणबाट थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सामाजिक विकास मन्त्रालयको सव्स्थ्य सेवा महाशाखाका अनुसार थपिएका संक्रमितमध्ये ४ जना कालीकोटका रहेका छन भने एकजना रामेछापका हुन ।

कालीकोटको रास्कोट नगरपालिका २ का २२ वर्षीय पुरुष, खाँडाचक्र नगरपालिका वडानम्बर २ र वडानम्बर ३ का २२र२२ वर्षीया युवती रहेका छन भने सान्नी त्रिवेणी गाउँपालिका ३ का ३० वर्षीय पुरुष रहेका छन ।

शुक्रबार पुष्टि भएका अर्का संक्रमित रामेछापको खाँडादेवी गाउँपालिका १ का ३० वर्षीय पुरुष रहेको महाशाखाले जनाएको छ । साथै, कर्णालीमा शुक्रबारसम्म डिस्चार्ज हुने संक्रमितको संख्या १८६३ पुगेको छ । शुक्रबार मात्रै प्रदेशका विभिन्न आइसोलेसनबाट ५५ जना डिस्चार्ज भएका छन ।
कर्णालीमा हालसम्म छ जनाको मृत्यु भएको छ, भने अब आइसोलेसनमा रहेका सक्रिय संक्रमितको संख्या ९६ छ ।