हरिपुरस्थित एक क्रसर उद्योगमा आगलागी हुँदा लाखौँको क्षति

   १३ फाल्गुन २०७८, शुक्रबार ११:२४  

१३ फागुन, सर्लाही । सर्लाहीको हरिपुरस्थित एक क्रसर उद्योगमा आगलागी हुँदा लाखौँको क्षति भएको छ ।

जिल्लाको हरिपुर नगरपालिका वडा नम्बर ८ ठूलो जगतपुरस्थित एक क्रसर उद्योगमा आगलागी हुँदा करिब २० लाख रूपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

बिहीबार गएराति सिटी विनायक एग्रिगेट क्रसर उद्योगमा विद्युत् सर्ट भई आगलागी हुँदा अलकत्रा मिसाउने मेसिन जलेर २० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्ण गिरीले जानकारी दिए ।

प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएपछि थप क्षति हुनबाट जोगिएको प्रहरीले जनाएको छ ।