पाटन अस्पतालमा आज थप दुई कोरोना संक्रमितको मृत्यु
साउन २३, रौतहट । पाटन अस्पतालमा उपचाररत थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालका निर्देशक डाक्टर विष्णु शर्माका अनुसार ४१ वर्षीय महिला र ४५ वर्षीय पुरूषको शुक्रबार बिहान मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७१ पुगेको छ ।
सुनौली घर भएकी मृतक महिलालाई पाठेघरको क्यान्सर रहेको डा। शर्माले जानकारी दिए । उनको शुक्रबार बिहान ११ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
यस्तै सर्लाही घर भएका पुरूषको बिहान साढे नौं बजे मृत्यु भएको थियो । डा। शर्माका अनुसार उनलाई कुकुरले समेत टोकेको थियो । कोरोना पोजेटिभ देखिएपछि उनीहरूलाई आइसोलेसनमा राखेर उपचार भइराखेको थियो ।
बिहीबार साँझ पनि अस्पतालमा वीरगन्जका ४५ वर्षीय संक्रमित पुरूषको उपचारको क्रममा मृत्यु भएको थियो । उनलाई स्टार अस्पतालबाट रिफर गरिएको थियो ।
मृतक पुरुषमा मधुमेह र रक्तचापको समस्या रहेको बताए । स्टार अस्पतालमै हुँदा उनलाई कोरोना पोजेटिभ देखिएको थियोल ।