कच्चा दुधको मूल्य वृद्धि

   २८ माघ २०७८, शुक्रबार १२:०६  

२८ माघ, रौतहट । काठमाडौँ उपत्याकामा कच्चा दुधको मूल्य प्रतिलिटर ८५ रुपैयाँ कायम भएको छ ।

बुधबार डीडीसीको बसेको सञ्चालक समितिको बैठकले कच्चा दुधको मूल्य प्रतिलिटर ८५ रुपैयाँ निर्धारण गर्न निर्णय गरेअनुसार बिहीबार एक पत्रकार सम्मेलन गर्दै डीडीसीले दूधको मूल्य प्रतिलिटर ९ रुपैयाँ बढेको जनाएको हो ।

यसअघि दूधको उपभोक्ता मूल्य प्रतिलिटर ७६ रुपैयाँ रहेको थियो ।

डीडीसीले देशभर तीन थरी मूल्य निर्धारण गरेको छ । काठमाडौँ उपत्यकासहित विराटनगर हेटौँडा र जनकपुरमा प्रतिलिटर ८५, बुटवल भैरहवामा प्रतिलिटर ८१ र नेपालगञ्ज तथा धनगढी क्षेत्रमा प्रतिलिटर ७९ मूल्य कायम गरेको छ ।

यसअघि काठमाडौँमा ७६, बुटवल भैरहवामा ७२ र नेपालगञ्ज क्षेत्रमा ७० तोकिएको थियो ।